Logo

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड



बुटबल, २६ साउन । बुटबलको लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थी संगठनहरु तोडफोडका उत्रिएका. छन् । क्याम्पसले एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडी नबढाई ‘अटोनोमस’ तर्फको एमबीएस–एफ एमबिए–बीएफको प्रवेश परीक्षा फारम खुलाएको भन्दै विद्यार्थीहरु तोडफोड उत्रिएका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा तोडफोडमा गरेका हुन् । विद्यार्थीहरुले गरेको तोडफोडबाट क्याम्पसमा रहेका कम्प्युटर र कुर्सी सहित महत्वपूर्ण कागजातहरुमा समेत क्षति पुगेको छ ।

तोडफोडपछि विद्यार्थी संगठनले निकालेको संयुक्त विज्ञप्तिमा एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’तर्फका एमबीएस(एफ र एमबिए(बीएफको प्रवेश परीक्षा फारम खुलाएका कारण क्याम्पस प्रशासनमा तोडफोड भएको उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot