Logo

हात्तीको बथानको सुरक्षामा २५ हजार प्रहरी तैनाथ, डेढ लाख मानिसलाई सारियो



एजेन्सी, २६ साउन । हात्तीको बथान बसाईंसराईंमा छन् । आफ्नो गन्तव्यतर्फ बढिरहेका १४ वटा हात्तीको सुरक्षा र उनीहरुले पुर्याउनसक्ने क्षति रोक्न २५ हजार प्रहरी तैनाथ गरिएका छन् ।

यो चीनको युनान प्रान्तको घटना हो जहाँ ड्रोनबाट १४ वटा हात्तीको बथानलाई कडा सुरक्षा दिइएको छ । बसाईंसराईंका क्रममा रहेका हात्तीहरु महिनौं देखि यात्रामा छन् ।

१७ महिना अघि हात्तीको बथानले युनानस्थित निकुञ्ज छाडेका हुन् । ५०० किलोमिटरको यात्रा गरिसकेका हात्तीले खेत, सहर, गाउँ कटिसकेका ती हात्तीले लाखौं डलरको अन्न खाइदिएका छन् । बथानले धेरै भवनमा क्षति पुर्याइसके ।

हात्तीको बथान गाउँ र सहर पसेपछि स्थानीयले आक्रमणको प्रयास गरेका थिए । मानिस र हात्तीबीच द्वन्द्व रोक्न सुरक्षाकर्मी खटाइएका हुन् । हात्तीबाट क्षतिहरु रोक्न विभिन्न तरिका अपनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्