Logo

लुम्बिनी प्रदेशः मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै



बुटवल, साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभाको विशेष अधिवेशन बस्दैछ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी बिशेष अधिवेशन माग गरेका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशनका लागि आजको मिति तोकेका थिए ।

लुम्बिनी प्रदेशसभामा हाल जम्मा ८० सांसद रहेका छन् । जसमा सत्तारुढ नेकपा एमालेका ३८ र विपक्षी गठबन्धनमा आवद्ध दलका ४१ जना सांसद रहेका छन् ।

यसैबीच अविश्वासको प्रस्ताव दर्तापछिको कदमबारे निर्णय गर्न नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्