कास्की, २७ साउन । कास्कीमा पाँच महिनापछि कोभिशिल्डको दोस्रो मात्रा दिन थालिएको छ । जिल्लामा गत फागुनको अन्तिम साता कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ३२ हजारलाई पाँच महिनापछि दोस्रो मात्राको खोप दिन लागिएको छ । दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सोभन्दा माथिका उमेर समूहका लागि अस्ट्राजेनिकाको खोप दिइने उनले जानकारी दिए ।
कार्यालय प्रमुख आचार्यले भने, “हामीलाई अस्ट्राजेनिकाको ३२ हजार मात्रा खोप प्राप्त भइसकेको छ । अहिले भेरोसेलको दोस्रो डोज लगाउने कार्यक्रम चलिरहेकाले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई केही दिनमै दोस्रो डोज दिन शुरु गर्दैछौँँ ।”रासस




प्रतिक्रिया