Logo

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङलाई भव्य स्वागत (फोटोफिचर)



काठमाडौं, २७ साउन । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा भव्य स्वागत गरिएको छ । उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री पम्फा भुषाललाई मन्त्रालयमा भेटेर नियुक्ती पत्र लिएलगत्तै पदबहाली गर्न रत्नपार्कस्थित् प्राधिकरणको कार्यालय पुगेका घिसिङलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभारग्रहणलगत्तै आयोजित स्वागत कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सबै मिलेर प्राधिकरणलाई राम्रो गरिने विश्वास दिलाए । र, उनले आफू टिम वर्कमा विश्वास गर्ने व्यक्ति भएकोले हिजोपनि टिमवर्कमै सफलता हाँसिल गरेको र भोलिका दिनमा पनि टिमवर्कबाटै सफलता प्राप्त गर्ने जनाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्