काठमाडौं, २७ साउन । साताको कोरोबारको चौथो दिन आज नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ । नेप्से आज ० दशमलव ९४ अंकले बढेर ३१ सय ६२ दशमलव ५९ बिन्दु कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स भने आज २ दशमलव ३८ अंकले घटेर ५८५ दशमलव ७१ विन्दु्मा रोकिएको छ ।
नेप्सेको अनुुसार आज २३० कम्पनीको १ लाख ३९ हजार २१८ पटक कारोबार भएर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँ बराबरको २ करोड ७२ लाख ९८ हजार ६२४ प्रतिकित्ता शेयर किनबेच भएको छ ।





प्रतिक्रिया