Logo

भ्रष्टहरुलाई कारबाही गर्न प्रधानमन्त्रीलाई भेटेरै सुझाव दिएको छु : धनराज गुरुङ



काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता धनराज गुरुङले भ्रष्टाचारका ठूला काण्डहरुको छानबिन गरी भ्रष्टहरुलाई कारबाही गर्नको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–”भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन गरि भ्रष्टहरुलाई कारबाही गर्न प्र.म.लाई भेटेरै सुझाव दिएको छु। त्यही कुरा सार्वजनिक रुपमा लेखेर प्र.म.को ध्यानाकर्षण गराउँदा कतिपय कम्युनिस्ट र कांग्रेसका साथीहरु समेत किन आत्तिएका हुन्? “चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्नेहरुको कमि रहेनछ!” file photo



प्रतिक्रिया दिनुहोस्