Logo

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख शेरचनद्धारा दललाई आह्वान



काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दललाई आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अर्को सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले आह्वान गरेका हुन्।

मुख्यमन्त्रीको लागि विपक्षी गठबन्धनले यसअघि नै नेकपा (माओवादी केन्द्र) का नेता कुलबहादुर केसीलाई अघि सारेको छ ।



प्रतिक्रिया दिनुहोस्