Logo

पूर्वप्रधानमन्त्री खनाल अर्को हप्ता स्वदेश फर्कने



काठमाडौं, २८ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अर्को हप्ता स्वदेश फर्कने भएका छन् । मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरेका खनाल अर्को हप्ता स्वदेश फर्कने उनी निकट एक नेताले रिपोर्टर्स नेपाललाई बताएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनाल केही महिना अघि उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनको लामो समय उपचारपछि मृगौला प्रत्यारोपण गरिएको थियो । दिल्लीस्थित एपोलो अस्पतालमा खनालको सफल मृगौला प्रत्यारोपण भएको थियो । त्यसपछि उनी सामान्य अवस्थामा फर्किएको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot