Logo

साझा न्यूनतम कार्यक्रममा एमसीसी नराखिनुमा प्रचण्ड कारण भएको प्रधानमन्त्री देउवाको भनाई



काठमाडौं, २८ साउन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रममा अमेरिकी सहयोग सम्झौता एमसीसी समावेश नगरिनुमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असुन्तुष्टि नै मुख्य कारण भएको खुलासा गरेका छन् ।

आफूपक्षीय पदाधिकारी तथा पूर्व पदाधिकारीको भेलामा नेताहरुले एमसीसी साझा कार्यक्रममा किन राखिएन ? भनेर प्रश्न गरेपछि जवाफमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । स्रोतकाअनुसार देउवाले आफूले एमसीसीबारे न्यूनतम कार्यक्रममा राखौं भनेर प्रस्ताव गरेको सुनाएका थिए ।

प्रतिनिधिसभाको बैठकमा हालै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले समेत एमसीसी साझा कार्यक्रममा किन राखिएन ? भन्दै कडा प्रश्न गरेका थिए । उनले एमसीसी अब के हुन्छ प्रधानमन्त्रीज्यू ? भन्दै प्रश्न गरेका थिए । एमसीसी संशोधनसहित पारित गरिनुपर्ने पक्षमा प्रचण्ड उभिँदै आएका छन् । उनले पार्टीको बैठकमा समेत यही कुरा नेताहरुलाई आश्वस्त पार्दै आएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्