Logo

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनद्वारा सरकार गठनको लागि दाबी प्रस्तुत, मुख्यमन्त्रीमा केसीलाई ४२ सांसदको समर्थन



काठमाडौं, २८ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले दिएको समयसिमाभन्दा अगावै विपक्षी गठबन्धनले सरकार गठनको लागि दाबी प्रस्तुत गरेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ को नाम अघि सारेको छ ।

उनलाई मुख्यमन्त्री बनाउनको लागि विपक्षी गठबन्धनको तर्फबाट ४२ जना सांसदले हस्ताक्षर गरेको हाम्रा सहकर्मी रामकुमार क्षेत्रीले जानकारी दिए ।

तस्विर : रामकुमार क्षेत्री÷रिपोर्टर्स क्लब नेपाल, बुटवल



प्रतिक्रिया दिनुहोस्