Logo

ग्लोबल आइएमई बैंकद्वारा शेयरधनीलाई लाभांश बुझिलिन आग्रह



काठमाडौं, २८ साउन । ग्लोबल आइएमई बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित २०७०÷७१ सम्मको नगद लाभांश नलिएका शेयरधनीहरुलाई बुझीलिन आग्रह गरेको हो ।

बैंकले सुचना प्रकाशित भएको एक महीनाभित्र शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा सम्पर्क गर्न समेत आग्रह गरेको हो । तोकिएको १ महिनाभित्र उक्त लाभांश लिन नआए उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४, २०७५/७६, २०७६/७७ को नगद लाभांश खातामा रकमान्तर भई नसकेका शेयरधनीले सम्बन्धित निक्षेप सदस्यकोमा गई बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot