पर्याप्त मौज्दात रकम नभएको चेक काट्ने भुसाल पक्राउ


काठमाडौं, २८ साउन । बाउन्स चेक काटेर बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रगिरीबाट ३५ वर्षिय कासीराम भुसाल ६ महिनापछि लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको २०७७ माघ १० गतेको फैसलाले उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही भुसाल फरार हुँदै आएका थिए ।

भुसालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।