Logo

संविधानविद् डा. आचार्यको पुस्तक ‘द कन्सेप्ट अफ जुडिसियल रिभ्यु’ लाई सन् २०२० को सर्वोत्कृष्ट पुस्तकको पुरस्कार प्रदान



काठमाडौं, २८ साउन । नेपाल बार काउन्सिलले संविधानविद् डा. भीमार्जुन आचार्यको पुस्तक ‘द कन्सेप्ट अफ जुडिसियल रिभ्यु’ लाई सन् २०२० को सर्वोत्कृष्ट पुस्तकको पुरस्कार प्रदान गरेको छ ।

हिजो (बुधबार) नेपाल कानून व्यवसायी परिषद्को २८औं परिषद् दिवसको अवसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले डा. आचार्यलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार ग्रहण गर्दै डा. आचार्यले भनेका छन्,‘यो अवसरमा बार काउन्सिल, सम्माननीय प्रधानन्यायाधीश र सबै अग्रज शुभेच्छुकहरुमा आभार व्यक्त गर्दछु ।’

पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तकमा नेपालको संवैधानिक इतिहास, न्यायपालिका र यसको बिगत, १० साल देखि हालसम्म प्रधानन्यायलयर सर्वोच्च अदालतले गरेका महत्वपूर्ण फैसलाहरुको समिक्षा, संविधान निर्माण प्रक्रिया, संविधानवाद् मौलिक अधिकार, संवैधानिक सिद्धान्तहरू, विधिको शासन, आदि विषयहरुबारे विस्तृत चर्चा गरिएको छ ।

नेपालका संविधानहरू, अदालती प्रणाली, नेपाली कानूनी प्रणाली, राज्य संरचना, शासन पद्धति आदिका बारेमा जानकारी राख्न चाहने स्वदेशी तथा विदेशी जो कोहीका लागि पुस्तक उपयोगी हुने डा. आचार्यको अपेक्षा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्