Logo

पतिले काम गरेको तलव पत्नीको खातामा पठाउदै यो कम्पनी



एजेन्सी, २८ साउन । आजको महंगो समयमा पति पत्नी दुवैले काम गरेर घर व्यवहार चलाउन कोशिस गर्छन् । तर, अझैपनि धेरै परिवारमा पति एक्लैले बाहिरको काम गर्ने र पत्नीले घरको व्यवहार सम्हाल्ने गर्छन् ।

घरमा मात्र काम गर्ने महिलाको कदर पतिले नगरेपनि दुबईको एक कम्पनीले गर्ने भएको छ । भारतीय नागरिक सिइओ भएको एक कम्पनीले महिलाको पक्षमा यस्तो काम गर्न लागेको हो ।

भारतीय व्यवसायी डा.सोहन राय आवद्ध भएको दुबईको एक कम्पनीले पतिले महिनाभर गरेको कामको तलव पत्नीको खातामा जम्मा गर्ने भएको छ । कम्पनी सम्पुर्ण कर्मचारीको तलव घरको श्रीमतीलाई पठाउने व्यवस्थामा जुटीरहेको छ । डा. रायको यस्तो निर्णयले हजारौ कर्मचारीको परिवार प्रभावित हुने भएका छन् ।

सबै कर्मचारीको विवरण जम्मा गरेर तलव पत्नीको खातामा पठाउन सुरु गरेको कम्पनीले जनाएको छ । केरलका राय एरीस गु्रप अफ कम्पनीको सिईओ तथा संस्थापक अध्यक्ष हुन् ।



प्रतिक्रिया दिनुहोस्