Logo

९५ वर्षकी महिलाले गरिन् १० हजार मानिसको हत्या, किशोर अदालतमा सुनुवाई हुँदै



एजेन्सी, २८ साउन । अपराध गर्नलाई कुनै उमेर तोकिएको हुँदैन्, जस्तो अवस्था र समयमा पनि चाहेर वा नचाहेर अपराध हुन सक्छ । त्यसो त झन् महिलाको मन निकै कोमल हुने भएकोले कसैप्रति गलत भावना राख्दैनन् भनिन्छ । ममता दिन सक्ने भएकै कारण संसारमा महिलालाई भगवानको दर्जा दिइएको हो ।

तर, आज हामी १० हजार मानिसको हत्याको आरोप लागेकी एक महिलाको बारेमा चर्चा गर्छौ । घटना हो जर्मनीको । ९५ वर्षीया महिलालाई १० हजार मानिसहरुलाई मृत्युशैयामा पुर्याएको आरोप लागेको छ । जर्मनी कानुन अनुसार अब ती महिलालाई किशोर अदालतमा पेश गरिने भएको छ ।

वास्तवमा नाजी नामकी ती महिला हिटलरको सहयोगी थिइन् । उनी हाल ९५ वर्षकी भइन् । एक रिपोर्टको अनुसार उनले दोस्रो विश्वयुद्धको क्रममा १० हजार मानिसको हत्या गरेकी थिइन् । नाजी एक यातना गृहमा सचिवको रुपमा काम गर्थिन् । हालसम्म उनलाई कस्तो प्रकारको सजाय हुने त्यस बारेमा घोषणा भएको छैन् । उनको पहिचान इर्मगाडको रुपमा भएको थियो ।

यी महिलाबाट २१ वर्षको उमेरमा त्यस्तो अपराध हुन पुगेको थियो । जर्मनीमा २१ वर्ष भन्दा कम उमेरका नागरिकले गरेको अपराधको सजाय किशोर अदालतमा सुनाइन्छ ।

पछिल्लो वर्ष पनि जर्मनीमा ९३ वर्षका एक महिलालाई किशोर अदालतमा ५२ सय ३० जना व्यक्तिको हत्याको दोषी घोषणा गरेको थियो । उनले १७ वर्षको उमेर देखि गार्डको काम गर्थिन् ।

रिपोर्टको अनुसार १९४३ देखि १९४५ सम्म पोल्यान्डको शहर ग्दनस्कमा स्तुथोफ क्याम्पमा कमान्डरको सचिव भएको स्विकार गरेकी छिन् । जहाँ सम्पुर्ण कैदीको हत्या भएको थियो ।



प्रतिक्रिया दिनुहोस्