Logo

सांसद महतको टिप्पणी : ‘पूरानो सरकारले हनुमानमात्रै देख्यो, नयाँ सरकारले कुलमानमात्रै देख्यो’ (भिडिओसहित)



काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र बहादर महतले यसअघिको केपी शर्मा ओलीको सरकारले हुनमानमात्रै देखेको र अहिलेको सरकारले कुलमानमात्रै देखेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘एउटा सरकारले हनुमानमात्रै देख्ने, अर्को सरकारले कुलमानमात्रै देख्ने, हनुमानहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धुजाधुजा बनाए, कुलमानले विद्युत प्राधिकरणलाई फाईदामात्रै लिएका छन् । कुलमानबाहेक अर्को मान्छे छैनन् त, कुलमान बुढ्यो भने यो सरकारले के गर्छ त ? विद्युत प्राधिकरणमात्रै छ ? नेपाल एयरलाईन्स छैन् ?’



प्रतिक्रिया दिनुहोस्