Logo

सेञ्चुरी बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह



काठमाडौं, २८ साउन । शेयरधनीलाई पुरानो लाभांश लिन सेञ्चुरी बैंकले आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित गरेको नगद पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको हो ।

बैंकले विगतका वर्षहरुमा प्राप्ति गरेको अरनिको डेभलपमेण्ट बैंक, इनोभेटिभ डेभलपमेण्ट बैंक, अल्पाइन डेभलपमेण्ट बैंक र सेती फाइनान्स लिमिटेड र सगरमाथा फाइनान्सको साधारण सभाबाट पारित लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको हो ।

कम्पनीले एक महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश बुझि लिन र सो अवधिमा अवधिमाभित्र नलिएमा सो लाभांश रकम कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जाने पनि जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्