Logo

नेकपा एमाले : एकता कि विभाजन ?



साउन २८, काठमाण्डौ । नेकपा एमाले विभाजनको मुखमा छ । अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल र माधव नेपाल समुहको माग बमोजीम पार्टीलाई एक बनाउन अस्वीकार गरेपछि वरिष्ठ नेता नेपाल विभाजनको गृहकार्यमा जुटेका छन् । तर पार्टी विभाजनको लागी आवश्यक संख्या पु¥याउन भने उनलाई हम्मे हम्मे परिरहेको छ ।

एमालेको खनाल नेपाल समुहले केन्द्रीय कमिटी बैठकबाट कार्यदलको १० बुँदे सहमतीको जगमा समानताको आधारमा पार्टी एकता गर्ने प्रास्ताव अघि सारेको थियो । त्यसका लागी वरिष्ठ नेता माधव नेपाललाई पार्टी अध्यक्ष केपी ओली सरहकै हैसीयत र अधिकार दिनुपर्ने खनाल नेपाल समुहको माग छ । खनाल नेपाल समुहको समान हैसीयतमा एकताको मागलाई अध्यक्ष ओलीले अस्वीकार गरेका छन् । समान हैसीयत र अधिकारको प्रस्ताव अस्वीकार भईसकेपछि वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठनको तयारी सुरु गरेका छन् । उनले आफु पक्षीय केन्द्रीय सदस्यहरुसँग छुट्टा छुट्टै छलफल गर्दै जोखिमपुर्ण फैसलाको लागी तयार रहन पनि निर्देशन दिइ रहेका छन् । पार्टी अध्यक्षको एकलौटी तानशाही प्रवृतीका कारण अहिलेको स्थीती सीर्जना भएको नेता जीवनराम श्रेष्ठको भनाई छ ।

पार्टी विभाजनको तयारी गरीरहेका वरिष्ठ नेता माधव नेपाललाई यसका लागी केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या चाहिन्छ । २०५ सदस्यीय केन्द्रीय कमिटीमा ८७ सदस्य रहेको खनाल नेपाल समुहको ४० प्रतिशत पुगेपनि, १२१ सदस्यीय संसदीय दलमा भने ३८ जना मात्रै समर्थक छन् । त्यसमा पनि आफ्नै समुहका कार्यदल सदस्य र दोस्रो तहका मध्यमार्गी नेताहरु अझै पनि पार्टी एकताकै पक्षमा छन् । एमाले नेता भिम आर्चाय अहिले पनि पार्टी एकताको कुनै विकल्प हुन नसक्ने बताँउछन् ।

अध्यक्ष ओलीले पनि खनाल नेपाल समुहका अधिकांश नेताहरुलाई पार्टीमै रोक्न सकेको बल लगाइ रहेका छन् । वरिष्ठ नेता नेपाल सहितका केही नेता पार्टीबाट छुट्टीए पनि अधिकांस नेता पार्टीमै फर्कनेमा उनि विश्वस्त देखिन्छन् । पार्टी विभाजन गरेर कसैको हित नहुने नेता छविलाल विश्वकर्माको भनाई छ ।

केन्द्रीय कमिटीमा प्रर्याप्त संख्या रहेको अवस्थामा संसदीय दलमा पनि आवश्यक संख्या पु¥याएर पार्टी फुटाउने वरिष्ठ नेता नेपालको तयारी छ । तर आफ्नै समुहका प्रभावशाली नेताहरु पार्टी विभाजनको पक्षमा नरहेकाले यस्तो सम्भावना कमजोर बनेको छ । त्यही भएर सहज तरीकाले पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याउन नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्