Logo

अफ्ताब आलमको मुद्दा हेर्न नमिल्नेमा



काठमाडौं, २९ साउन । कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामाथि आज सुनुवाई हुने भनिएको थियो । सर्वोच्च अदालतले उक्त मुद्दालाई हेर्न नमिल्नेमा राखेको छ । यसअघि उक्त मुद्दामाथि आजै न्यायाधीशहरु प्रकाशमान सिंह र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईका लागि पेसी तोकिएको थियो ।

आलम जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका हुन् । आलममाथि २०६४ सालमा विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवित मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ । File Photo



प्रतिक्रिया दिनुहोस्