Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीको नाम छानिने



काठमाडौं, २९ साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । आज दिउँसो ३ बजे बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गरिने बुझिएको छ । यसअघि स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।

तर, मन्त्री बन्नेहरुको आकांक्षी धेरै भएपछि दाहाललाई पनि तनाव भएको छ । मन्त्रीको नाम चयन गर्नुको साथै आजको बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा पनि तय गरिने एक नेताले जानकारी दिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्