Logo

बालुवाटार घेर्न हिँडेका शिक्षकहरु टंगालबाट पक्राउ (फोटोफिचर)



काठमाडौं, २९ साउन । विभिन्न माग राख्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिन लागेका शिक्षकहरुलाई प्रहरीले टंगालबाट पक्राउ गरेको छ । उनीहरु टंगाल माध्यमिक विद्यालयमा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न जाने तयारीमा थिए । त्यतिनै बेला प्रहरीको टोली पुगेर उनीहरुलाई पक्राउ गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई १० बजेदेखि १ बजेसम्म धर्ना दिने उनीहरुको कार्यक्रम थियो ।

पक्राउ परेका शिक्षकहरुलाई यतिवेला कमलपोखरीमा राखिएको छ । गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले गत बैशाखदेखि चरणबद्घ आन्दोलन गर्दै आएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्