Logo

वर्षौदेखि चुरोट पिउदै आएका यी व्यक्तिको पुरै शरीर पहेलो भएपछि…



एजेन्सी, २९ साउन । सिगरेट (चुरोट) स्वास्थ्यको लागि निकै हानिकारक छ, यद्यपि मानिसहरु पिउन छाड्दैनन् । पछिल्लो समयमा त झन् युवा वर्गहरु चुरोटको लतमा परेका छन् । सिगरेटको धेरै र लगातार उपयोग गरे शरीरमा धेरै नराम्रो प्रभाव पर्छ । यसको परिणाम प्रयोगकर्ताले जीवनलाई नै तिलाञ्जली दिनुपर्छ ।

चिनमा यस्तै एउटा घटना भएको छ, एक रिपोर्ट अनुसार एक व्यक्तिले पछिल्लो ३० वर्षदेखि सिगरेट पिउदै आएका थिए । अहिले उनको पुरै शरीर पहेलो भएको छ । ६० वर्षका ती व्यक्ति हाल अस्पतालमा उपचारको लागि भर्ना भएका छन् ।

उनको शरीरको रंग नै परिर्वतन भएको छ । उनको बाहिरबाट पनि पुरै शरीर पहेलो रंगको देखिन्छ । डाक्टरले उनलाई जन्डिस भएको बताइरहेका छन् । उनको रोगकै कारण आँखाको सेतो भाग पनि पहेलो भएको छ । समाचार अनुसार उनको शरीरमा पहेलो रंगको फोकाहरु पनि देखिन्छन् ।

रिपोर्टको अनुसार यी व्यक्तिको अन्याशयमा ट्युमर भएको हो । उनको ट्युमर बढ्दै गएर पित्त नलिलाई नै बन्द गराएको हो । पित्त नलि बन्द भएपछि उनलाई जन्डिस भएको हो । योे रोग धेरै चुरोट पिउने यी व्यक्तिको कोशिकाको साइज सामान्यबाट धेरै बढ्दै जाँदा बढेको डाक्टरको भनाई छ । जसको कारण उनको हालत बिग्रिएको हो । उनको शरीरमा अर्को ट्युमर पनि पलाएको छ ।

डाक्टरहरुले अब उनी जिउदो रहने हो भने जीवन शैली परिर्वतन गर्नुपर्ने बताएका छन् । यदि त्यसो गरेनन् भने उनको स्वास्थ्यमा कुनै सुधार नभएर धेरै घातक हुने डाक्टरहरुले तर्क गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्