Logo

एमालेको विरोधपछि मात्रिका यादवको अभिव्यक्ति संसद्को रकेर्डबाट हटाईयो



काठमाडौं, २९ साउन । प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद मात्रिका यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबारे गरेको टिप्पणी संसदको रेकर्डबाट हटाईएको छ ।

हिजोको बैठकमा सांसद यादवले केपी ओली ‘मेन्टल्ली र फिजिल्ली फिट नभएको’ अभिव्यक्ति दिएका थिए । यादवको टिप्पणीबारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदमा उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले ती शब्द हटाउन रुलिङ गरेका थिए ।

अहिले संसद्को रेकर्डबाट यादवको त्यो अभिव्यक्ति हटाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्