Logo

चार थान चोरीको मोटरसाइकल सहित २ जना पक्राउ



पर्सा, २९ साउन । चार थान चोरीको मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ । चार थान चोरीको मोटरसाइकल सहित वीरगंज महानगरपालिका ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले चोरीको मोटरसाइकल बिक्री गर्ने मनसायले आफ्नै घर अगाडि जग्गामा लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बा.४२ प ५२६३, ना.१६ प ३३६७, ना.१४ प ८४ नम्बर र ग.१ प ७६९४ नम्बरको मोटरसाइकल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot