Logo

१३ महीना पछि डिस्चार्ज भए विश्वकै सानो बच्चा



एजेन्सी, २९ साउन । सिङ्गापुरको एक अस्पतालबाट विश्वकै सानो बच्चा १३ महीना पछि डिस्चार्ज भएका छन् । बच्चा जन्मदा एउटा दाना स्याउ जत्तिकै तौल रहेको भन्दै अन्तराष्ट्रियसन्चार माध्यममा चर्चा चलेको छ ।

बच्चाको तौल २१२ ग्राम र २४ सेन्टिमीटर लम्बाई रहेको अस्पतालले जानकारी दिएकोे छ । बच्चाको जन्म २५ हप्तामा भएको बताइएको छ ।

अहिले बच्चाको तौल ६.३ किलो रहेको साथै बच्चा स्वस्थ रहेको बताइएको छ ।

अमेरिकाको एक विश्वविद्यालयका अनुसार यसअघि थोरै तौल भएको २४५ ग्रामको अमेरीकी बच्चाको नाम विश्व रेकर्डमा रहेको थियो । बिबिसी



प्रतिक्रिया दिनुहोस्