Logo

प्रदेश नम्बर २ मा दुई मन्त्रालयबीच लफडा सुरु, प्रदेशवासीले मागे भौतिकमन्त्रीको राजीनामा



काठमाडौं, २९ साउन । प्रदेश नम्बर २ को सरकारका दुई मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर लफ्डा सुरु भएको छ । खासगरी कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी भएपछि मन्त्रालय नै फुटाउने काम भएको थियो । अहिले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवका कारण अहिले २ नम्बर प्रदेशमा अहिले लफ्डा सुरु भएको छ ।

मन्त्री यादवले बल मिचयाई गरी अख्तियार दुरुपयोग गरी खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको मातहतमा कायम रहेको जलश्रोत तथा सिंचाई विकास डिभिजनहरू र भूमिगत सिंचाईका कार्यालयहरू आफ्नो मन्त्रालयअन्तर्गत सञ्चालन गरेको भनेर विरोध सुरु भएको हो ।

खानेपानी तथा ऊर्जा विकासमन्त्रीले भने जलश्रोत तथा सिंचाई विकास डिभिजनहरू र भूमिगत सिंचाईका कार्यालयहरू आफ्नै मन्त्रालयअन्तर्गत हुनुपर्ने भन्दै सोहीअनुसार पत्राचार गरेका छन् । कतिसम्म भने भौतिक पूर्वाधारमन्त्रीले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्ने पनि माग उठेको छ ।

 



प्रतिक्रिया दिनुहोस्