Logo

महाधिवेशन नसार्न सभापति देउवालाई रञ्जित कर्णको चेतावनी (भिडिओसहित)



काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रञ्जित कर्णले आफूहरुले पार्टीलाई विधानसम्मत् रुपमा चलाउन भनेर सभापति शेरबहादुर देउवालाई आग्रह गरिएको बताएका छन् । उनले आफूहरुले समयमै महाधिवेशन सम्पन्न गराउन आग्रह गर्दै सभापति देउवालाई भेटेको तर सभापतिले जवाफमा जस लिन नखोज भनेर भनेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दैै उनले यस्तो बताएका हुन् । पार्टीको १४औं महाधिवेशन कुनैपनि हालतमा नसार्न पनि उनले सभापति देउवालाई चेतावनी दिएका छन् । उनले तोकिएकै मितिमा महाधिवेशन गरेर देखाए आफूले सभापति देउवालाई सलुट गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्