Logo

काठमाडौंको जे. एस. ट्रेडलिंक प्रा.ली. बन्यो २०२१ जुलाई महिनाको लागि ‘लुमिनस डिलर अफ दि मन्थ’



काठमाडौं, २९ साउन । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रा ली ले जे. एस. ट्रेडलिंक प्राली लाई जुलाई महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान गरेको छ ।

आफ्नो वार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोवार गर्ने डिलरलाई उक्त सम्मान प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । जुलाई महिनामा उक्त स्थान हासिल गर्ने काठमाडौंको तिनकुने स्थित जे. एस. ट्रेडलिंक प्रा लीका संचालक सबिन खरेल सफल भएका छन् ।

संचालक खरेलले आफु लुमिनस ब्रान्ड र अमट्रेड प्राली सँग आबद्ध हुनपाउँदा आफुले गौरवान्वित महसुस गरेको र लुमिनस ब्राण्डको पावर ब्याकअप र सोलार सोलुसनको गुणस्तर मात्र नभई अमट्रेड प्रालीले आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने बिक्रीपश्चातका उत्कृष्ट सेवासुविधा र गतिविधीहरुले गर्दा नै उनी र उनीजस्तै व्यवसायीहरुलाई व्यवसायिक रुपमा अगाडी बढ्न सहयोग पुगेको पनि बताएका छन् ।

साथै, खरेलले आफ्नो सबडिलरहरुलाई पनि धन्यवाद प्रकट गर्दै अमट्रेडले सबडिलरहरुको निमित्त सन २०२१ मा ल्याएको योजना – लुमिनस शक्ति कार्यक्रममा सहभागी भई लाभ उठाउन सुझाव दिएका छन् ।

यसैबिच उनले आफ्नो ग्राहकहरुलाई यस कोरोना महामारीको समयमा पनि उच्च सावधानि र सुरक्षा अपनाइ लुमिनस ब्राण्डको पावर ब्याकअप सोलुसनहरु उपलब्ध गर्दै आएको र साथ साथै काठमाडौं उपत्यका ग्राहकहरुका लागि लुमिनस ब्राण्डको इन्भर्टर र ब्याट्रीहरु खरीद गर्दा निः शुल्क होम डेलिभरीको व्यवस्था पनि भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्