Logo

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु (भिडिओसहित)



काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको लागि गृहकार्य गर्न बसेको बैठकले भोलिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले तात्कालिक र संगठनात्मक प्रस्ताव पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष दाहालको उक्त प्रस्तावमा आफ्नो पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पारिने र अहिले प्रतिगमनविरोधी संघर्षलाई अझै दृढतापूर्वक अघि बढाउने कुरा राखिने उनले जनाए । त्यस्तै, पार्टीलाई व्यवस्थित् गर्नको लागि सुदृढीकरण गरिनेबारे पनि आज छलफल भएको उनको भनाई छ । सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा आज कुनै छलफल नै नभएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्