Logo

कोरोना खोप भनेर नुनपानी लगाएपछि…



काठमाडौं, साउन ३० । जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड १९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले आठ हजार भन्दा बढी मानिसलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन्।

नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका छ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो।

गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन्। तर प्रहरी अनुसन्धानले उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भयो। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्