Logo

बराबरीमा रोकियो बायर्न म्युनिख



काठमाडौं, साउन ३० । साविक विजेता बायर्न म्युनिख जर्मन लिग बुन्डेसलिगामा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा बायर्न बोरूसिया मोन्चेनग्लाडबाकसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बोरुसिया पार्कमा भएको खेलमा बोरुसियाको लागि अलास्सने प्लेय र बायर्नको लागि रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे । खेलको दसौं मिनेटमा स्टिन्डलको पासमा प्लेयले गोल गर्दै बोरुसियालाई शूरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा किमिचको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

दोसो हाफमा थप गोल हुन नसक्दा दुवै टोलीले १–१ अंङ्क बाढे ।



प्रतिक्रिया दिनुहोस्