Logo

हाम्रो कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको होईन, यो गठबन्धन कायम रहन्छ : दिनानाथ शर्मा (भिडिओसहित)



काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले पार्टीलाई अब सशक्त बनाएर लैजाने स्पष्ट पारेका छन् । उनले आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीको संगठनलाई बलियो बनाउनेबारे बृहत्त छलफल गरिने सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अध्यक्ष पुष्पकमल दाहालले अरु पार्टीसँग एकता गरेर जानेबारे दस्तावेज तयार पारेको कुरालाई सकारात्मक रुपमा लिनुपर्ने बताए । उनले आफूहरु नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने पनि बताए । उनले अलग अलग भएर बसेका माओवादी पार्टीहरु अब एक हुने पनि सुनाए ।

उनले अहिले कायम रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल समूह, जसपा र जनमोर्चाको गठबन्धन कायमै रहने पनि विश्वास दिलाए । उनले आफूहरु गठबन्धनको ईमानदार रहेको पनि सुनाए । मन्त्रिपरिषद् विस्तार हुन नसक्नुमा आफ्नो पार्टी दोषी नभएको पनि उनको जिकिर छ । तर, पार्टीबाट मन्त्री कसलाई बनाउने भन्नेबारे निर्णय गर्न अधिकार अध्यक्ष दाहाललाई दिईएको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्