Logo

स्याललाई हानेको गोली छोरालाई लागेपछि…



पाल्पा, ३० साउन । रिब्दीकोटका कर्णबहादुर लम्तरीले स्याललाई गोली हाने । मकैं बारीमा स्याल देखिएपछि बन्दुक झिकेर उनले स्याललाई प्रहार गरे । तर, गोली उनका छोरालाई लाग्यो ।

तल्लो तालमा भएको घटनामा ३५ वर्षीय लम्तरीको टाउकोमा गोली लाग्यो । उनको घटनास्थलमै मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

शुक्रबार साँझ ६ बजेतिर घर नजिकै स्याल देखिएपछि कर्णबादुरले घरेलु बन्दुक झिकेर हानेका थिए । मकै बारीमा हानेको गोली सिधै उनको छोराको टाउकोमा लागेको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्