Logo

मेस्सीले सिएनएनलाई अन्तर्वार्ता दिदैँ भने–‘पीएसजी मेरो लागि च्याम्पियन्स लिग जित्ने सही ठाउँ हो’



एजेन्सी, ३० साउन । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनमा आवद्ध भएलगत्तै सिएनएनलाई अन्तर्वार्ता दिदैँ पीएसजी आफ्नो लागि च्याम्पियन्स लिग जित्ने सही ठाउँ रहेको बताएका छन् । १९ वर्षदेखि आवद्ध रहेको बार्सिलोनालाई औपचारिक रुपमा छाडेपछि फ्रेन्च क्लब मा हालै आवद्ध भएका मेस्सीले यस्तो खुलासा गरेका हुन् ।

मेस्सीको भनाईलाई उदृत गर्दै सिएनएनले लेखेको छ,‘म र मेरो क्लबको च्याम्पियन्स लिग जित्ने एउटा मात्र एजेन्डा छ । यो मेल खान्छ । क्लबसित अत्याधिक राम्रा खेखाडीहरु छन् । यो दुनियाँको राम्रो क्लबको रुपमा परिचत छ । यहाँका नागरिकले मलाई भब्य स्वागत गरेका छन् । एउटा नयाँ युगको सुरुवात हुनेछ । म यहाँ पेरिसमा मेरो नयाँ जीवन शुरु गर्नका लागि तयार छु ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot