Logo

भारतको ७५औं स्वतन्त्रता दिवसमा मोदीले भनेः आतंकवाद र विस्तारवादसँग जुधिरहेका छौं



एजेन्सी, ३१ साउन । भारतको आज ७५औं स्वतन्त्रता दिवस । बेलायतबाट १५ अगष्ट सन् १९४७ मा स्वतन्त्र भएको भारतले आज विविध कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा आयोजित विशेष समारोहमा नयाँ दिल्लीस्थित लाल किल्लामा बोल्दै भारत आतंकवाद र विस्तारवाद गरी दुईवटा चुनौतीको एकैपटक सामना गरिरहेको बताएका छन् । उनले पाकिस्तान र चीनको नाम नलिई ती देशहरुको चुनौतीको सामना गरिरहेको बताएका हुन् ।

भारतमा पाकिस्तानबाट आतंकवादको चुनौती र चीनको विस्तारवादी नीतिको विषय उठ्ने गरेको छ । स्वतन्त्रता दिवसमा पनि मोदीले यही विषय उठाएका छन् ।

मोदीले भारतले ठूलो सपना देखेको बताए । विकासले द्रुत विकास गरिरहेको बताए ।

उनले भारतले विभाजनको पीडा नबिर्सेको बताए । १४ अगष्टलाई विभाजनको दिनका रुपमा लिने समेत उल्लेख गरे । उक्त दिन पाकिस्तान भारतबाट विभाजित भएको थियो । पाकिस्तानले १४ अगष्टमा स्वतन्त्रता दिवस मनाउने गर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot