Logo

लगातार दोस्रो जित निकाल्दै पीएसजी फ्रेन्च लीगको शिर्ष स्थानमा



काठमाडौ, ३१ साउन । फ्रेन्च लिग वानमा पीएसजीले लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा स्ट्रासवर्गलाई ४-२ गोल अन्तरले पराजित गर्दै पीएसजीले लगातार दोस्रो जित निकालेको हो । खेलको तेस्रो मिनेटमा माउरो इकार्डोले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको २५ औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल र २७ औँ मिनेटमा जुलियन ड्राक्सलरले तेस्रो गोल गरेका थिए ।

खेलको ५३ औँ मिनेटमा स्ट्रासवर्गको तर्फबाट केभिन गामिरोले गोल गरे । त्यस्तै ६४ औँ मिनेटमा लुडोभिचले गोल गर्दै स्ट्रासवर्गलाई ३(२ को अवस्थामा ल्याउदा खेल रोमान्चक मोडमा पुगेको थियो । तर, एलेक्सजेन्डर डिज्कुले खेलको ८१ औँ मिनेटमा दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा स्ट्रासवर्ग १० खेलाडीमा समेटिएको थियो ।

खेलको ८३ औँ मिनेटमा पाब्लो सराबियाले गोल गर्दै पीएसजीलाई ४-२ को अन्तरले जित निकाल्न सफल भएको हो । २ खेलमा ६ अकं जोडेको पीएसजी लीगको शीर्ष स्थानमा रहन सफल भएको छ ।
स्ट्रासवर्गले लगातार दोस्रो हार बेहोर्दै लीगको पुछारमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्