Logo

‘भारतसँग विश्वासको सम्बन्ध विकास गर्न वर्तमान सरकारले काम गर्छ’ : डा. महत (भिडिओसहित)



काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारतमा लोकतन्त्र सफल हुनु भनेको नेपालमा पनि लोकतान्त्रिक मूल्य र मान्यता कार्यान्वयनको लागि प्रेरणा मिल्ने बताएका छन् । भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेकोले यसलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिए ।

उनले भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेकोले बेला बेलामा समस्या उत्पन्न हुनु स्वभाविक भएको पनि बताए । तर, मजबुद सम्बन्ध विकासको लागि निरन्तर सम्वाद जारी राख्नुपर्ने र एक अर्काको मुद्दालाई कुटनीतिक टेबुलमा राखेर समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

उनले आफ्नो देशलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने पनि बताए । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँग विश्वासको सम्बन्ध बनाएर अघि बढाउनेमा आफू विश्वस्त रहेको पनि सुनाए ।

प्रस्तुत छ डा. महतसँगको भिडिओ कुराकानी :



प्रतिक्रिया दिनुहोस्