Logo

फेक म्यासेजबाट ठगी धन्दा बढ्दै



काठमाडौं, ३१ साउन । नेपालमा पछिल्लो समय साइबर स्क्यामका घटनाहरु बढिरहेका छन्। विशेषगरी सामाजिक सञ्जालको म्यासेजमार्फत यस्ता स्क्यामहरु हुँदा सोझा सामाजिक सञ्जाल प्रयोगकर्ता फसीरहेका छन् । फेसबुकको म्यासेन्जरमा तँपाइले आइफोन जित्नुभयो, होन्डाको वार्षीकउत्सवको अवसरमा जित्नुहोस बाइक भन्ने जस्ता स्क्यामहरु पछिल्लो समय चलीरहेका छन् ।

त्यस्तै स्क्याम गर्नेहरुले ह्वाट्सएपलाई पनि केन्द्रविन्दुमा राखेका छन् । हालै एक साइबर सुरक्षा कम्पनी कास्परस्काईले एक प्रतिवेदन सार्वजनिक गर्दै स्पामका घटना मध्य सबैभन्दा धेरै हवाट्सएपमार्फत भइरहेको खुलासा गरेको छ ।

जसमध्य अनलाइन खरिदका घटनासँग सम्बन्धित स्पाम म्यासेज बढी फैलिएका छन् । लिंकमा क्लिक गर्दा स्क्यामरले प्रयोगकर्तालाई फेक वेबसाइटमा पुर्याएर त्यसमार्फत बैंक तथा कार्डको जानकारी संकलन गर्ने गरेका छन् । कास्परस्काइका अनुसार अनलाइन डेटिङ एपहरु यस्ता स्पामको अर्को माध्यम बनिरहेको उल्लेख गरिएको छ । जसमार्फत प्रयोगकर्तालाई लोभ्याएर ठगी गर्ने, प्रयोगकर्ताको डेटा चोर्ने लगाएतका काम भइरहेका छन् ।

ह्वाट्सएपमा पछिल्लो समय च्याटको नाममा महिलाको फोटोसहित प्रयोगकर्तालाई रिक्वेस्ट आउन थालेको छ । उक्त लिंकमा क्लिक गर्दा फेसबुकको फेक लगइनमा पुर्याएर त्यहाँबाट प्रयोगकर्ताको लगइन जानकारी संंकलन गर्ने गरेको समेत जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot