Logo

तालिवान लडाकु काबुल छिरे, अफगानिस्तान कब्जा गर्दै



एजेन्सी, ३१ साउन । तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल छिरेका छन् । काबुललाई चारैतिरबाट घेरेपछि उनीहरु काबुल छिरेका हुन् ।

अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले तालिवान लडाकु काबुल छिरेको पुष्टि गरेको अलजजिराले जनाएको छ । यसअघि उनीहरु रणनीतिक महत्वको शहर जलालावाद छिरेका थिए ।

तालिवानको दोहास्थित नेताले अफगानी सरकारी सेनालाई आत्मसमर्पण गर्न वा सुरक्षित तरिकाले काबुल छाड्न भनेका थिए । अफगानी राष्ट्रपति असरफ घानी नेतृत्वको सरकारले तालिवानको प्रतिरोध गरेको या नगरेको केही खुलाइएको छैन ।

बितेको ८ हप्तामा तालिवानले एक्कासी प्रभाव बढाउँदै लगेको थियो । एकपछि अर्को प्रमुख शहरहरुमा नियन्त्रण कायम गरेको थियो । मजारे सरिफ, कान्दाहार, हेरत जस्ता मुख्य शहरमा नियन्त्रण कायम गरेको थियो । –Photo Source: AFP



प्रतिक्रिया दिनुहोस्