Logo

नेप्सेमा आज २४ अंकको गिरावट, इतिहासकै उच्च कारोबार



काठमाडौं, ३१ साउन । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा भारी अंकले गिरावट आएको छ । आज नेप्से २४ दशमलव ८८ अंकले घटेर ३१ सय ५४ दशमलव ३ उच्च विन्दुमा थामिएको हो ।  त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ९० अंकले घटेर ५८९ दशमलव २८ विन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार आज २२२ कम्पनीको १ लाख ८९ हजार ७ सय ३६ पटक कारोबार भएर २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँ बराबरको ३ करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्