Logo

आमाको जन्मदिनमा मनाउन बैंगलोर पुगिन् दीपिका



एजेन्सी, ३१ साउन । बलिउडकी चर्चित नायिका दीपिका पादुकोणले कामलाई मात्र नभएर समय–समयमा आफ्नो परिवारलाई पनि समय दिने गर्छिन् । बलिउडकै सबैभन्दा व्यस्त नायिका दीपिका बिशेष अवसरमा आफ्नो परिवारसँग समय बिताउछिन् ।

हाल उनी परिवारसँग बैंगलोरमा छिन् । उनी परिवारको सदस्यको जन्मदिन र गणपति दिवाली चाड मनाउन त्यहाँ पुगेकी हुन् । वास्तवमा उनको आमाको १४ अगस्टमा जन्मदिन हो । आमाको जन्म दिन मनाउन पिता र बहिनीसँग उनी त्यहाँ पुगेकी हुन् ।

उनको निकट स्रोतको अनुसार उक्त विशेष दिनमा पारिवारीक डिनरको आयोजना गरिने भएको छ । दीपिकाले आफ्नो परिवारको जेठी छोरीको कर्तव्य निभाउदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्