Logo

आज यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, ३१ साउन । साताको कारोबारको पहिलो दिन आज २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँ बराबरको ३ करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेपाल बैंकको कारोबार भएको छ । कम्पनीको आज १ अर्ब ५ करोड ४६ लाख बढीको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टीलरीको ७९ करोड २५ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

अपि पावर कम्पनीको ७० करोड २७ लाख, रिडि हाइड्रोपावर कम्पनीको ५९ करोड ४७ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्