Logo

अखिल (क्रान्तिकारी) ले घोषणा गर्यो २२औं राष्ट्रिय सम्मेलनको मिति



काठमाडौं, ३१ साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) ले आगामी असोज ८ गतेदेखि १० गतेसम्म २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । संगठनको यही साउन २९ गते बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत संगठनका अध्यक्ष रञ्जित तामाङले यस्तो जानकारी दिएका हुन् ।

त्यसका लागि भदौ १५ गतेभित्र इकाइ, क्याम्पस, पालिकाको भेला तथा सम्मेलन सम्पन्न गरिने भएको छ भने भदौ २५ देखि असोज १ गतेभित्र जिल्लाहरुको भेला तथा सम्मेलन सकिने छ । यस्तै सबै तहका भेला तथा सम्मेलनहरू सहमतिको आधारमा गरिने संगठनको निर्णय छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्