Logo

तालिवान काबुल पस्दै गर्दा अमेरिकी दूतावास छेउ उडेको धुँवा



एजेन्सी, ३१ साउन । तालिबान लडाकु अफगानिस्तानको राजधानी काबुल पस्दै गर्दा अमेरिकी राजदूतावास नजिकै धुँवा देखिएको छ । अमेरिकी अधिकारीहरुले त्यहाँ रहेको गोप्य डकुमेन्टहरु जलाएपछि धुँवा देखिएको बुझिएको छ ।

एसोसिएट प्रेसले अमेरिकी कुटनीतिज्ञको भनाई उदृत गर्दै हतार हतार गोप्य डकुमेन्ट जलाएको उल्लेख गरेको छ । अमेरिकी सैनिक अफगानिस्तानमा २ दशकभन्दा बढी रहे । त्यस क्रममा उनीहरुका गोप्य गतिविधिहरु समेत भएका थिए ।

तालिवान र अलकायदाविरुद्धको लडाईंमा अमेरिकाले चालेका कदमहरु समेत महत्वपूर्ण थिए । अमेरिकी सैनिकको लागि काम गरेका र भाषा उल्था गर्नेहरु पनि थिए ।

यसैगरी, तालिवान र अफगानिस्तानको सरकारबीच दोहामा वार्ता चलिरहेको छ । शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नेबारे वार्ता केन्द्रित रहेको बुझिएको छ ।

यसैगरी, अमेरिकाले हेलिकोप्टर प्रयोग गरी काबुलबाट आफ्ना नागरिक र कुटनीतिज्ञलाई अफगानिस्तानबाहिर लगिरहेको छ ।

Photo Source: AP



प्रतिक्रिया दिनुहोस्