Logo

भारतीय दूतावासले यसरी मनायो आफ्नो देशको ७५औं स्वतन्त्रता दिवस (फोटोफिचर)



काठमाडौं, ३१ साउन । आजको भारतको ७५औं स्वतन्त्रता दिवस । नेपालस्थित् भारतीय दूतावासले भारतको ७५औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा आज लैनचौरस्थित दूतावासमा राष्ट्रिय झण्डा फहराएर कार्यक्रमा सुरुवात गरेका थिए । त्यस अवसरमा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

भारतको स्वतन्त्रका लागि बलिदान दिएको स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । राजदूत क्वात्रले सो अवसरमा एकल महिला तथा भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरूका परिवारलाई ४.४५ करोड रुपियाँ वितरण गरेका थिए । साथै प्रत्येक परिवारलाई कम्बल ओढाएर सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरूद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

सो अवसरमा राजदूत क्वात्राले नेपालको सांस्कृतिक विरासत स्थलहरूको संरक्षणको लागी ‘कला र साँस्कृतिक विरासतको लागी भारतीय राष्ट्रिय ट्रस्ट’ को वेभसाइट पनि शुभारम्भ गरेका थिए ।

भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका साँस्कृतिक सम्पदाहरूको संरक्षण र पुनःस्थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता पनि प्रदान गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्