Logo

१२ औं ‘इन्डियन आइडल’ बने पवनदीप



काठमाडौ, साउन ३१ । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो इन्डियन आइडलको १२ औं संस्करण पवनदीप राजनले जितेका छन्।

आईतबार राती भएको फिनालीमा उत्तराखण्डका पवनदीपले बिजेताको ट्रफीसहित २५ लाख भारतीय रुपियाँ र लक्जरी कार समेत जितेका छन् ।

यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।



प्रतिक्रिया दिनुहोस्