Logo

भिडियोमा ‘अस्तव्यस्त काबुल विमानस्थल’



काठमाडौं, साउन ३२ । अफागान्तिानमा आइतबार अबेर तालिवानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका छन् । तिनले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन् । काबुलमा अराजकता छाएको छ र त्यहाँका बासिन्दा एवम् विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन् ।

अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिवान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन् । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार त्यहाँ कर्मचारीहरूले आफ्नो कार्यस्थल छाडेका र मानिसहरू जहाजतर्फ दौडिरहेका थिए । अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई अब विमानस्थल परिसरको सुरक्षामा खटाइने बताइएको छ ।

अमेरिकी विदेश तथा रक्षा मन्त्रालयहरूले उनीहरूले विमानस्थलको रक्षाका निम्ति विभिन्न कदमहरू चालिरहेको ताकि अमेरिकी तथा गठबन्धन सदस्यहरूलाई गैरसैनिक एवं सैनिक विमानमार्फत् उद्धार गर्न सकियोस् भनेका छन् । अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्