Logo

अफगानिस्तानमा नेपालीको उद्धार प्रबन्ध मिलाउन निर्देशन गरिसकेको छुः प्रधानमन्त्री देउवा



काठमाडौं, ३२ साउन । अफगानिस्तानमा नेपाली नागरिकको उद्धार प्रबन्ध मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेको बताएका छन् । उनले नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन समेत निर्देशन दिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन निर्देशन गरिसकेको छु ।’

देउवाले अफगानिस्तानमा रहेका नेपालीको सजगता र गम्भीरतापूर्वक सरकारले जिम्मेवारी निभाउने स्पष्ट पारेका छन् । सरकारले दायित्वबोध गरी काम बढाइसकेको समेत बताए ।

अफगानिस्तानमा आइतबार तालिवानले शासनसत्ता कब्जा गरेपछि नेपालीहरुको उद्धारको विषय उठिरहँदा प्रधानमन्त्री देउवाको भनाई आएको हो । अफगानिस्तानमा हजारौं नेपालीहरु रोजगारीको सिलसिलामा पुगेका छन् । तर, तथ्यांक सरकारसँग छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot