Logo

बुद्धभुमि नेपालले आजदेखि आईपीओ विक्रि गर्ने



काठमाडौं, ३२ साउन । बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका स्थानियलाई आईपीओ बिक्रि गर्न लागेकोे हो ।

कम्पनीको १२ लाख कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता आईपीओ जारी गर्ने जनाएको छ ।
प्रतिशेयर १ सय अंकित मुल्यका आईपीओमा छिटोमा भदौ १४ गतेसम्म र ढिलोमा २९ गतेसम्म आवेदन दिन पाइन्छ ।

आईपीओ खरिदको लागि न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गरी आवेदन दिन सकिन्छ । आईपीओ बिक्रि तथा प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot